Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

    रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 234
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको हो ।



    पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ।



    शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो ।

    शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

    सभापति लामिछानेको मुद्दाको कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ ।

    सभापति लामिछानेलाई सुरुमा दुई अभियोगमा म्याद थपको तयारी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार