Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • अमेरिकालाई सुपरओभरमा हराउँदै नेपालले जित्यो एक खेल अगावै सिरिज

    अमेरिकालाई सुपरओभरमा हराउँदै नेपालले जित्यो एक खेल अगावै सिरिज

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 225
    SHARES

    काठमाडौं । नेपालले अमेरिका विरूद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ । आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ‌ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो ।

    यसअघि नेपालले पहिलो खेलमा १७ रनले जितेको थियो । आइतबार ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।



    अमेरिकाका शायन जाहान्गिर र आन्द्रेस गस ब्याटिङमा थिए। बलिङमा नेपालका सोमपाल कामीले पहिलो दुई बलमा दुई रन मात्र दिँदा त्यसपछिका दुई बलमा शायन र आरोन जोन्सलाई आउट गरे। सुपर ओभरमा दुई विकेट गएपछि लक्ष्य पाउने नियमअनुसार नेपालले केवल ३ रनको लक्ष्य पाएको थियो।



    जसमा नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ हुँदा अमेरिकाका सौरभ नेत्रभाल्कर बलिङमा थिए। पहिलो बलमा रोहितले एक रन लिए ।

    दोस्रो बलमा कुशलले एक रन नै लिए। तेस्रो बलमा रोहितले रन लिएनन्। चौथो बलमा एक रन भए पछि नेपालले खेल जित्यो ।त्यसअघि खेलमा स्कोर बराबरी भएको थियो ।

    अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

    यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए ।

    भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।अब अन्तिम टी-२० भोलि बिहान हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार