Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 72
    SHARES

    कालीकोट । सुक्खा पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको छ।

    कालीकोटको शुभकालीका गाउँपालिका–१, गगंनेखोलास्थित कर्णाली राजमार्गमा आज बिहान सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।



    पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जाममा परेका छन्। कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन्।



    प्रहरीसँग समन्वय गरेर एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार