काठमाडौं । टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा रोकिएको छ ।
डल्लासमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनायो।
१७१ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन नै बनाउँदा खेल बराबरीमा रोकिएको हो ।
अब खेल सुपर ओभरमा गएको छ । ओभरको अन्तिम बलमा जस्सी सिंह रनआउट भएपनि खेल सुपर ओभरमा पुगेको हो।
Leave a Reply