Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै

    पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 111
    SHARES

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्ने भएको छ ।

    गत शुक्रबार सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका पक्राउ सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ।



    उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ।

    म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार