Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वर्षमान पुनको प्रश्न – रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

    वर्षमान पुनको प्रश्न – रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 153
    SHARES

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आरोप लाग्दैमा कोही पनि अपराधी नहुने बताएका छन् ।

    प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।



    उनले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरे ।



    उपमहासचिव पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई छुट दिन नमिल्ने बताए।

    उपमहासचिव पुनले भने,‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ । यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ , धनराज र ऋषिकेसलाई पनि त्यही होस्।’

    पोखरेलमाथि १८ करोड हिनामिनाको आरोप रहेको पनि पुनले बताए।

    पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए।

    राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ छ ।

    पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे। उनले रास्वपा सभापति रवि लामिछनेलाई पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार