Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

    भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 87
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

    दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलमा नेपालले गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि सफल भने हुन सकेन ।



    त्यसअघि समूह बीअन्तर्गत नै शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो ।



    बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार