Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • कडा सुरक्षाकाबीच रविलाई स्थलमार्गबाटै पोखरा लगियो

    कडा सुरक्षाकाबीच रविलाई स्थलमार्गबाटै पोखरा लगियो

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 225
    SHARES

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ । सहकारी ठगी सम्बन्धमा छानबिनका लागि लामिछानेलाई प्रहरीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको थियो ।

    सो लगत्तै उनलाई गाडीबाटै पोखरा लगिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट लगेको जनाइएको छ । प्रहरीको अगुवा र पछुवा गाडीको बीचमा रहेको गाडीमा लामिछानेलाई राखिएको छ ।



    पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।



    ‘सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध’मा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो ।

    सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार