Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • गौशाला धर्मशाला खाली गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

    गौशाला धर्मशाला खाली गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 177
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।



    काठमाडौं महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै मारवाडी सेवा समितिकातर्फबाट पशुपतिक्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट निवेदन दायर भएको थियो ।



    दुवै पक्षबीच छलफल गरेर उक्त विवादमा निर्णय गर्ने अदालतको आदेशमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार