Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • पूर्व गृहमन्त्री रविविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान

    पूर्व गृहमन्त्री रविविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 147
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधमा समेत अनुसन्धान गर्ने भएको छ ।

    प्रहरीले अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो ।



    जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्नका लागि पक्राउ गर्न भनिएको थियो ।



    भनिएको छ, ‘कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्व अध्यक्ष एवं संचालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।’

    पार्टी कार्यालयमा सम्बोधन गरेलगत्तै पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार