Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध चर्को नाराबाजी

    रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध चर्को नाराबाजी

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 168
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध चर्को नाराबाजी भएको छ ।

    सभापति रवि लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध चर्को नाराबाजी गरेका हुन् ।



    कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए ।



    संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए । उनलाई आजै पोखरा लग्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार