Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • कार्यकर्तालाई रविले भने – राज्यको दादागिरीलाई डटेर सामना गर्नू

    कार्यकर्तालाई रविले भने – राज्यको दादागिरीलाई डटेर सामना गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 204
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको दादागिरीलाई डटेर सामना गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

    शुक्रबार पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आह्वान गरेका हुन् । साथै उनले सरकार ढलेकै दिन आफूलाई पक्राउ गरेर जेल हाल्ने योजना बुनेको पनि दाबी गरे ।



    ‘म सरकारको बाध्यता बुझ्छु। जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो, त्यो दिन जसरी पनि रविलाई जेल कोच्छौँ भनेर भन्नुभएको सूचना म सँग छ,’ उनले भनेका छन् ।



    यस्तै पार्टी कार्यालयमा सम्बोधन गरेलगत्तै पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार