Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • प्रहरीलाई रवि लामिछानेले भने – मलाई गाडीबाटै पोखरा लैजानुस्

    प्रहरीलाई रवि लामिछानेले भने – मलाई गाडीबाटै पोखरा लैजानुस्

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 639
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन प्रहरीसँग अनुरोध गरेका छन् ।

    शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको चःमतिस्थित पार्टी कार्यालयमा पुगेको हो ।



    उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको बताइएको छ । यति बेला लामिछाने काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा छन् ।



    केही समयपछि उनले सञ्चारमाध्यम समक्ष आफ्नो कुरा राखेर सडक मार्गबाट पोखरा जाने तयारी गरेका छन् । सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार