Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • सहकारी ठगी प्रकरण

    रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 414
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    जिल्ला अदालत कास्कीले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।



    जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बतायो ।



    सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

    सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।

    पूर्वडीआईजी जोशी, सभापति लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु ९जीबी० राई व्यापारिक साझेदार हुन् ।

    उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार