Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु

    खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 90
    SHARES

    फाइल तस्विर

    महोत्तरी । महोत्तरीमा विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

    जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको हो।



    अन्य दुई बालिका घाइते भएका छन्। गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् ।

    उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार