काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको धरानमा मृत्यु भएको छ । उनकाे आइतबार दिउँसाे मृत्यु भएकाे हाे ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित म्याक्स अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
गत भदौ १७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उच्च रक्तचापका बिरामी रहेका उनको आइतबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।
Leave a Reply