Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • असोजको विध्वंसकारी वर्षा : ८ अर्ब ९८ करोडको मागदाबी, सवा १७ करोड मात्रै भुक्तानी

    असोजको विध्वंसकारी वर्षा : ८ अर्ब ९८ करोडको मागदाबी, सवा १७ करोड मात्रै भुक्तानी

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 231
    SHARES

    काठमाडौं । असोज १०र, ११ र १२ गते आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा ८ अर्ब ९८ करोड ३० लाख २३ हजार ६४४ रुपैयाँ बराबरको ३२४४ वटा दाबी परेको छ ।

    बिमा प्राधिकरणका अनुसार १८ वटा बिमा कम्पनीमा उक्त दाबी परेको हो । जसमध्ये असोज २९ गतेसम्म ६ वटा बिमा कम्पनीले ९७ वटा दाबीमा १७ करोड २८ लाख २८ हजार ६८६ रुपैयाँ मात्रै भुक्तानी भएको छ ।



    प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको पर्न सक्ने देखिएको छ ।



    सिद्धार्थ प्रिमियरले ४६१ वटा माग दाबीको १ अर्ब ९५ करोड २९ लाख ४१ हजार ३७५ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ वटा माग दाबीबाट ३ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

    प्राधिकरणका अनुसार दि ओरियन्टल यन्स्योरेन्समा १७० वटा माग दाबीको १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ दाबी परेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा २२२ वटा मागदाबीको १ अर्ब ८ करोड ८६ लाख २० हजार ६८० हजार रुपैयाँ माग दाबी परेको छ । जसमा कम्पनीले १ वटा माग दाबीको २३ हजार ९४० रुपैयाँ भुक्तानी भएको छ ।

    त्यस्तै नेको इन्स्योरेन्सको २६३ वटाको ९६ करोड ८५ लाख ९ हजार ४७९ रुपैयाँको दाबी परेको छ । जसमा ४ वटा दाबीको ६६ हजार १३८ रुपैयाँ भुक्तानी भएको छ ।

    शिखर इन्स्योरेन्समा ४०४ दाबीबाट ९३ करोड ३६ लाख ८ हजार ७२९ रुपैयाँका दाबी परेकोमा ८९ वटाको १७ करोड २४ लाख ७१ हजार ४४५ रुपैयाँको भुक्तानी भएको छ ।

    सगरमाथा लूम्बिनी इन्स्योरेन्समा ३४८ वटा माग दाबीको ६६ करोड १३ लाख ९७ हजार ७११ रुपैयाँ, नेशनल इन्स्योरेन्समा ८२ वटा माग दाबीको ५६ करोड ४६ लाख ८ हजार १९६ रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६१ वटा मागदाबीको ३४ करोड ७४ लाख २९ हजार ६४६ रुपैयाँको दाबी परेको छ ।

    प्राधिकरणका अनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २७३ वटा मागदाबी बाट ३१ करोड ५३ लाख २८ हजार १२० रुपैयाँको मागदाबी परेकोमा १ वटा माग दाबीको ३८ हजार ८७८ रुपैयाँ भुक्तानी भएको छ ।

    एनएलजी इन्स्योरेन्समा १३६ वटाको १९ करोड ८ लाख ६४ हजार ५६९ रुपैयाँको माग दाबी परेको छ । सानिमा जिआईसीमा १८९ वटाबाट १७ करोड ७६ लाख ७ हजार ३३८ रुपैयाँको माग दाबी परेकोमा १ वटा माग दाबीको २ लाख १६ हजार ५९४ रुपैयाँ भुक्तानी भएको छ ।

    युनाइटेड अजोडमा २७५ वटाबाट १० करोड ९८ लाख ३० हजार रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीमा १६ वटाको १० करोड ६७ लाख रुपैयाँको माग दाबी परेको छ । प्रभु इन्स्योरेन्समा २१८ वटाबाट १० करोड २५ लाख ४५ हजार ८०० रुपैयाँको माग दाबी परेको छ । जसमा ए वटा माग दाबीको ११ हजार ६९१ रुपैयाँ दाबी भुक्तानी भएको छ ।

    प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्समा ९ वटा माग दाबीको ६५ लाख १५ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा माग दाबीको १५ लाख २० हजार, नेपाल माइक्रो इन्स्योरेन्समा ७ वटाको ८ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।

    प्राधिकरणका अनुसार कोशी प्रदेशमा २१५ वटा, मधेश प्रदेशमा ९३, बागमती प्रदेशमा २८६९, गण्डकीमा २५, लुम्बिनीमा ३८, कर्णालीमा २ र सुदुरपश्चिम प्रदेशमा २ वटासहित ३ हजार २४४ वटाको मागदाबी परेको छ ।

    देशभर आएको अविरल वर्षाका कारण परेको दाबी भुक्तानी यथाशक्य चाँडो गर्न बिमा प्राधिकरणले निर्देशन दिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार