Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मन्त्रिपरिषद् बैठकबाट सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

    मन्त्रिपरिषद् बैठकबाट सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 195
    SHARES

    काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथासक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।



    बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।



    सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

    त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत समेत बैठकमा सहभागी थिए ।

    सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्‌बाट पारित भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार