Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 360
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।

    प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीले उनीहरुसँग छलफल गरेका हुन् ।



    बैठकमा उनीहरुसँगै गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् ।



    बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो।

    त्यस्तै, शीर्ष नेताबीच अहिले समसामयिक राजनीति र विपद्‍पछिको पुनर्निर्माणको विषयमा केन्द्रित रहेर भेटवार्ता जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार