Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन

    राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 195
    SHARES

    बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका मन्दिरको दर्शन एवं पूजा अर्चना गरेका छन् ।

    राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बाजुरास्थित त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।



    शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनको लागि भक्तजन आउने गर्दछन् ।



    राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका-७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न सुर्खेत पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार