Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नाइजेरियामा इन्धन ट्याकंर विस्फोट, १४७ जनाको मृत्यु

    नाइजेरियामा इन्धन ट्याकंर विस्फोट, १४७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 132
    SHARES

    एजेन्सी । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    नाइजेरियाले हालसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला बहुमूल्य पदार्थ बनेको इन्धन विस्फोट भएको हो ।



    जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १ सय ४७ जनाको मृत्यु भएको बताइएको छ।



    प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार