Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • आज कार्तिक १ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

    आज कार्तिक १ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 825
    SHARES

    काठमाडौं । आज २०८१ साल कार्तिक १ गते बिहिबारको राशिफल ।

    मेष



    नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।



    मिथुन

    सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

    सिंह

    आज निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

    तुला

    प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

    धनु

    आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

    कुम्भ

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

    बृष

    रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

    कर्कट

    एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ ।

    कन्या

    शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    बृश्चिक

    आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नु पर्नेछ ।

    मकर

    आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

    मीन

    आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार