Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • संसद्को विशेष अधिवेशन माग गर्दै रास्वपाले भन्यो – संवादहीनतामा लोकतन्त्र फस्टाउन सक्दैन

    संसद्को विशेष अधिवेशन माग गर्दै रास्वपाले भन्यो – संवादहीनतामा लोकतन्त्र फस्टाउन सक्दैन

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशनको माग गरेको छ ।

    रास्वपाले आज एक विज्ञप्तिमार्फत समसामयिक समस्याबारे तत्काल छलफल गर्न विशेष अधिवेशन आवश्यक रहेको बताएको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।



    विपद्पछिको पुनःस्थापनामा सहयोग गर्न संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    ‘आज आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी-व्यवसायीमा निराशा बढेको छ । सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमा गत्यावरोध हुन थालेका छन् । आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार ‘कामचलाउ’ जस्तो देखिन्छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार