Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु फरार, खोज्दै प्रहरी !

    अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु फरार, खोज्दै प्रहरी !

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 444
    SHARES

    काठमाडौं । अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् ।

    ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी उनी जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएकी हुन् ।



    ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् ।



    प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर शाही सम्पर्कमा नरहेको र खोजी जारी रहेको छ । भैंसेपाटी प्रभागमा रहँदा उनले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेर छाडेका थिइन् ।

    त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शाहीलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो ।

    व्यापारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् ।

    थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

    उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार