Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • प्रहरी समायोजन नहुँदा प्रदेशको काम प्रभावित भयो : मुख्यमन्त्री शाह

    प्रहरी समायोजन नहुँदा प्रदेशको काम प्रभावित भयो : मुख्यमन्त्री शाह

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 108
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नहुँदा समस्या भएको बताएका छन् ।

    ६९औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।



    उनले नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्न वा त्यसको विकल्प दिन संघीय सरकारलाई आग्रह गरे। उनले प्रहरीको समायोजनबारे संघीय सरकारले जवाफ दिनुपर्ने बताए।



    मुख्यमन्त्री शाहले भने, प्रहरी समायोजन हुने हो भने समयमा समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्दछ, हुँदैन भने यसको विकल्पको रूपमा के गर्नुपर्छ संघीय सरकारले सोच्नु जरुरी छ।’

    संघीय सरकारले कतिपय ऐन, कानुनहरू नबनाउँदा प्रदेशले काम गर्न नपाएको गुनासो उनले गरे। अधिकार नदिने हो भने प्रदेश संरचनालाई बलियो बनाउन नसकिने मुख्यमन्त्री शाहको भनाई छ ।

    संघीयतामा गइसकेपछि प्रहरीको काँधमा जिम्मेवारी थपिएको मुख्यमन्त्री शाहले बताए।

    सीमित साधनस्रोतबिच प्रहरीले आफ्नो क्षमता देखाउनु परिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रहरी संगठनलाई चुस्त–दुरुस्त बनाउन प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार