Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

    सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 54
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन्।

    प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको हो ।



    एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको संसदीय सुनुवाइ समितिले जनाएको छ ।



    सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

    निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ भने अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार