Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या , संलग्न तीन जना पक्राउ

    काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या , संलग्न तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 501
    SHARES

    काठमाडौं । काठमाडौंमा एक पुरूषको कुटपिट गरी हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

    गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लसलाइट स्कुल नजिकै एक पुरूषमाथि कुटपिट गरी हत्या भएको हो।



    मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगर रहेका छन्।



    फौजामगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छन्।

    नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा फौजामगरको मृत्यु भएको थियो । उनी नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए।

    उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पुर्‍याएको थियो।

    घटनामा संलग्न तीन जनालाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार