Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सैन्य सहयोग कटौती गर्ने इजरायललाई अमेरिकाको चेतावनी

    सैन्य सहयोग कटौती गर्ने इजरायललाई अमेरिकाको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 132
    SHARES

    एजेन्सी । गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाले इजरायललाई ३० दिनको समय दिएको छ ।

    त्यसो नभए अमेरिकाले सहयोग रोक्ने चेतावनी दिएको छ । अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको थियो ।



    हालै इजरायलले गाजाको उत्तरी भागमा ठुलो मात्रामा आक्रमण गरेको थियो।



    इजरायली आक्रमणमा ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको बताइएको छ ।

    त्यसपछि अमेरिकाले यो कदम चालेको हो । पत्रमा अमेरिकाले गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

    इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकी पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ।

    यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार