Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • देशको खर्च घटाउन माल्दिभ्समा मन्त्रीसहित २२५ जनाको राजनीतिक नियुक्ती खारेज

    देशको खर्च घटाउन माल्दिभ्समा मन्त्रीसहित २२५ जनाको राजनीतिक नियुक्ती खारेज

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 171
    SHARES

    एजेन्सी । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले देशको खर्च घटाउने भन्दै मन्त्रीसहित २ सय २५ भन्दा धेरै राजनीतिक नियुक्तिलाई बर्खास्त गरेका छन् ।

    सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति मोहम्मदले गएको वर्ष सत्तामा आएपछि नियुक्त गरेका व्यक्तिलाई हटाउने आदेश दिएका हुन् ।



    राजनीतिक नियुक्तिहरूको कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खाने राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ ।



    बर्खास्त भएकामा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ जना निर्देशकहरू रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार