Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • निर्दयी बुबा, जसले छोरालाई भीरबाट फालेर गरे हत्या

    निर्दयी बुबा, जसले छोरालाई भीरबाट फालेर गरे हत्या

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 120
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर आफ्नै बुबाले हत्या गरेका छन् ।

    मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत भेटिएका थिए । हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार