Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • डडेल्धुरामा बस दुर्घटना : दुई दिने नाबालकसहित ४ जनाको मृत्यु, १२ घाइते

    डडेल्धुरामा बस दुर्घटना : दुई दिने नाबालकसहित ४ जनाको मृत्यु, १२ घाइते

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 258
    SHARES

    फाइल तस्विर

    डडेल्धुरा । डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    कन्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति अमरगढी-७ खस्रेखान भन्ने ठाउँमा दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना पुर्चौडी नगरपालिका–३ का हुन् ।



    दुर्घटनामा २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका दुई दिनको नाबालक छोरा र ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा १२ जना घाइते भएका छन् भने घाइतेमध्ये ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने धनगढी रिफर गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार