Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • साफ महिला च्याम्पियनशिप खेल्न श्रीलंकाको टोली पनि नेपाल आइपुग्यो

    साफ महिला च्याम्पियनशिप खेल्न श्रीलंकाको टोली पनि नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलका लागि श्रीलङ्काको टोली पनि नेपाल आइपुगेको छ । श्रीलङ्काको टोली आज दिउँसो काठमाडौं आइपुगेको हो ।

    अखिल नेपाल फुटबल सङ्घका अनुसार साफ महिला च्याम्पियनशिप खेल्न आइपुग्ने श्रीलङ्का चौथो टोली बनेको छ । यसअघि आजै बङ्गलादेशको टोली काठमाडौं आइपुगेको छ ।



    हिजो माल्दिभ्सको टोली र अस्ति आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको छ । अब भारत र भुटानको टोली आउन बाँकी छ ।



    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार