Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपति क्षेत्र विकास कोषले भन्यो – धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई छैन

    पशुपति क्षेत्र विकास कोषले भन्यो – धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई छैन

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 96
    SHARES

    काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाएको छ ।

    कोषले आज पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबीच असोज २२ गते महानगरलाई व्यवस्थापनको अधिकार दिएको कोषले स्पष्ट पारेको हो ।



    ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ । पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने कोषले दाबी गरेको छ ।



    शटर भाडामा लगाउन अधिकार मारबाडी सेवा समितिलाई नभएपनि भाडामा लगाइएको कोषले जनाएको छ । सर्वोच्च अदालतको फैसला बमोजिम मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको कोषले जनाएको छ ।

    मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत गरी उपलब्ध गराउने दुई पक्षको सहमति भएको थियो ।

    सम्झौता अनुसार रकम उपलब्ध नगराएको र भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार