Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • आज असोज २९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज २९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 507
    SHARES

    काठमाडौं । आज २०८१ साल असोज २९ गते मंगलबारको राशिफल ।

    मेष



    आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।



    मिथुन

    एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाइनेछ ।

    सिंह

    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    तुला

    लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यात्रा गर्दा पनि सचेत हुनुपर्छ, तर साँझमा भने कुनै कुराले मन खुसी हुन्छ ।

    धनु

    साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

    कुम्भ

    आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

    बृष

    आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ ।

    कर्कट

    गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

    कन्या

    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, तर शेयर बजारमा भने नोक्सानी नै रहला ।

    बृश्चिक

    अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

    मकर

    नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

    मीन

    आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार