Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • क्यानडासँग विवाद बढेपछि आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउँदै भारत

    क्यानडासँग विवाद बढेपछि आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउँदै भारत

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 180
    SHARES

    एजेन्सी । भारत र क्यानडाबीच फेरि विवाद बढेको छ । जसकारण भारतले क्यानडामा रहेका आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउने घोषणा गरेको हो ।

    क्यानडामा रहेका भारतीय उच्चायुक्त संजय कुमार वर्मा र अन्य भारतीय कुटनीतिज्ञमाथि क्यानडा सरकारले २०२३ जूनमा खालिस्तान समर्थक एक्टिभिस्ट हरदीप सिंह निज्जरको हत्यामा संलग्नता रहेको भन्दै अनुसन्धान सुरु गरेको छ ।



    जसको भारतले विरोध जनाउँदै आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाएको बताइएको छ ।



    दिल्लीस्थित क्यानडा राजदूतावासमा भारत सरकारले पत्र पठाउँदै क्यानडामा रहेका आफ्ना अधिकारीहरू असुरिक्षत रहेको र क्यानडा सरकारको उक्त कदमको घोर भर्त्सना गरेको उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार