Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 111
    SHARES

    बारा । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।



    घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो ।



    अबेर सम्म घाँस लिएर घर नफर्के पछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

    मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार