Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • दशैंको टीकाकै दिन किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    दशैंको टीकाकै दिन किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 276
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ​​बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू छन् ।



    उनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति बलात्कार गरेको जाहेरीपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार