Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • डोनाल्ड ट्रम्पको र्‍यालीबाट बन्दुकसहित एक जना पक्राउ

    डोनाल्ड ट्रम्पको र्‍यालीबाट बन्दुकसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 120
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पको र्‍यालीबाट दुई बन्दुक र नक्कली राहदानीसहित एक जनालाई पक्राउ गरिएको छ।

    क्यालिफोर्नियाको कोचेलामा ट्रम्पको र्‍यालीनजिकै ती व्यक्तिलाई पक्राउ गरिएको हो ।



    ती व्यक्तिका साथबाट एउटा सटगन र लोड गरिएको ह्यान्डगन र नक्कली राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ ।



    ४९ वर्षीय वेम मिलरलाई पक्राउ गरिएको हो । कालो रङको एसयूभी कार चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा जाँचचौकीनजिकै रोकेका थिए ।

    रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ । गोली भरिएको बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको मिलरमाथि आरोप लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार