Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • इजरायली सैन्य शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण, चार सैनिकको मृत्यु

    इजरायली सैन्य शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण, चार सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 135
    SHARES

    एजेन्सी । हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा ४ सैनिकको मृत्यु भएको छ।

    उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको आक्रमणमा ४ सैनिकको मृत्यु भएको हो ।



    आक्रमणमा अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बलले जनाएको छ।



    आईडीएफका अनुसार आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएका छन् ।

    तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो ।

    इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा बिहीबार गरेको आक्रमण प्रतिउत्तरमा सैन्य आधार शिविरमा आक्रमण गरिएको हिजबुल्लाहको संचार कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार