Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • श्रीलंकासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी

    श्रीलंकासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 120
    SHARES

    एजेन्सी । श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी भएको छ । घरेलु टोली श्रीलङ्काले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर भेट्टायो ।

    वेस्ट इन्डिजको जीतमा ओपनर ब्रान्डन किङले सर्वाधिक ६३ र इभिन लुईसले ५० रन बनाए ।



    त्यसअघि दम्बुल्लामा टस हारेर पहिला व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो ।



    उसका कप्तान चारिथ असालान्काले ५९ र कामिन्दु मेन्डिसले ५१ रन बनाए । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार