Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • बर्दियाको नेपाल-भारत सिमानामा गोली चल्यो

    बर्दियाको नेपाल-भारत सिमानामा गोली चल्यो

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 342
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियाको नेपाल-भारत सिमानामा आइतबार राति गोली चलेको छ ।

    बर्दिया सदरमुकाम गुलरिया-८ स्थित सिमानामा गएराति करिब ७ बजे खेतमा काम गरिरहेको अवस्थामा गोली प्रहार हुँदा एक जना घाइते भएका हुन् ।



    उनको ढाडमा गोलीको छर्रा लागेको बताइएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गणका अनुसार गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए ।



    घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोली कसले चलायो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार