Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 171
    SHARES

    फाइल तस्विर

    झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।



    घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा मृत्यु भएको हो ।



    मोटरसाइकल चालक होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर-६ का अन्दाजी ३५ वर्षीय अविशेक लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

    आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार