Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • खानेपानीमन्त्री यादवले गरे भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानीमन्त्री यादवले गरे भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 120
    SHARES

    वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका–३१ स्थित भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आइतबार उनले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

    यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले खोलातटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।



    भेडाहाखोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर र आसपासका बस्तीमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ ।



    निरीक्षणका क्रममा स्थानीयले वर्षौँदेखि खोलाले कटान र बाढीको जोखिम रहेकाले समस्याको दीर्घकालीन समाधान गर्न तटबन्ध निर्माणका निम्ति आग्रह गरेका थिए ।

    मन्त्री यादवले समस्याको दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार