Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाहले भने – भुटान भ्रमण निजी थियो

    पूर्वराजा ज्ञानेन्द्र शाहले भने – भुटान भ्रमण निजी थियो

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 228
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण निजी रहेको बताएका छन् ।

    निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।



    केही दिनअघि मात्र आफू भुटान गएको र उक्त भ्रमण निजी रहेको उनले उल्लेख गरे । भुटान भ्रमणका बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए ।



    भुटान भ्रमणका क्रममा आफूलाई गरेको सम्मानलाई सबै नेपालीलाई गरिएको आदरका रूपमा लिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार