Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • विजया दशमीमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश – मुलुकमा स्थायित्व र समृद्धिको कामना

    विजया दशमीमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश – मुलुकमा स्थायित्व र समृद्धिको कामना

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 129
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

    आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दशैंको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।



    ‘विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु’, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।



    आज बडादसैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार