Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरो पन्छाएपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

    पहिरो पन्छाएपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 192
    SHARES

    काभ्रे । सुख्खा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

    सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, पहिरो पन्छाएर शुक्रबार दिउँसो २ : ३० बजेदेखि एकतर्फी यातायातका साधन सञ्चालनमा ल्याइएको हो ।



    सुख्खा पहिरो झरिरहेकाले निकै नै सावधानी अपनाउन आग्रह गरिएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो ।



    खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो ।

    त्यस्तै, सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बर बसलाई रोशी खोलाछेउ पुर्‍याएको थियो । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार