Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • राष्ट्रपति पौडेलद्धारा उपत्यकाका शक्तिपीठहरुको दर्शन

    राष्ट्रपति पौडेलद्धारा उपत्यकाका शक्तिपीठहरुको दर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 57
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् ।

    राष्ट्रपति पौडेलले नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गरेका हुन्।



    दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ ।



    वडा दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

    उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार