Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • आज र भोलि काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

    आज र भोलि काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । बडादशैंका अवसरमा यात्रुहरूको सहजताका लागि भन्दै सशस्त्र प्रहरी बलले आज र भोलि रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

    आज बिहान ६ बजेबाट शुरू भएको निःशुल्क बस सेवाअन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगञ्ज र बालाजु रूटमा सञ्चालन गरिएको हो ।



    यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगञ्ज, गौशाला, कोटेश्वर, सातदोबाटो र कलंकी रूटमा सञ्चालन गरिएको सशस्त्र बलले जनाएको छ ।



    चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकाले सर्वसाधारणको सुविधाका लागि बस सञ्चालन गरिएको हो ।

    बडादशैंको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्रले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।

    यसैगरी विगतका वर्षहरूजस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्रले देशभरी स्थानीय निकायसँगको समन्वयमा १९७ वटा लिङ्गेपिङ राखेको छ ।

    विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाइ यो वर्ष पनि निरन्तरता दिइएको सशस्त्रले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार