Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बीपी राजमार्गको सुक्खा पहिरोमा गाडी पुरिएपछि सडक अवरुद्ध

    बीपी राजमार्गको सुक्खा पहिरोमा गाडी पुरिएपछि सडक अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 264
    SHARES

    काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोमा गाडी पुरिएको छ ।

    सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको हो ।



    पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।



    काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो ।

    यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा.४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

    माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार