Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • हेनरिकको निर्णायक गोलमा ब्राजिलको पुनरागमन जित

    हेनरिकको निर्णायक गोलमा ब्राजिलको पुनरागमन जित

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 180
    SHARES

    काठमाडौं । ब्राजिलले फिफा विश्वकप–२०२६ अन्तर्गत चिलीविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।

    खेलको दोस्रो मिनेटमै १–० ले पछि परेको अवस्था उल्ट्याउँदै ब्राजिलले पुनरागमन जित निकालेको हो ।



    शुक्रबार बिहान चिलीमा भएको खेलमा घरेलु टिमले दोस्रो मिनेटमै अग्रता बनाएको थियो । चिलीका एडुर्डो भार्गासले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।



    तर, पहिलो हाफको इन्जुरी समयमा इगोर जिससले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा लुइस हेनरिकले गरेको गोल निर्णायक बनेपछि ब्राजिलले २–१ को जित पक्का गरेको हो ।

    छनोटमा नौ खेल खेलेको ब्राजिलको यो चौथो जित हो । तालिकाको चौथो स्थानमा उक्लिएको ब्राजिलले १३ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार